काठमाडौं– योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै लोकसेवा आयोगमा निवेदन परेको छ। आयोगको विज्ञापन नम्बर १७२४८/०७८–७९ नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरिएको भन्दै आयोगमा निवेदन परेको हो।
उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको योग्यता हुनुपर्ने उल्लेख गरिए पनि उक्त पदमा सिफारिस भएका डा प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेको हो।
नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। यस्तै, उनीहरुले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए।
लोकसेवा आयोगले सिफरिसविरुद्ध निवेदन परेको भन्दै यस बारेमा बोर्ड बैठकमा छलफल हुने जनाएको छ।

