काठमाडौं- सरकारले स्वास्थ्य सेवा तर्फ डा संगीता कौशल मिश्रालाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषदले लोक सेवा आयोगले पठाएको दुई जनामध्ये डा मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिले डा मिश्रासँगै डा टंकप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो।
स्वास्थ्यमा १२औं तहमा एक जना पद रिक्त छ। मन्त्रिपरिषदलो उक्त रिक्त पदमा मिश्रालाई बढुवा गरेको हो।