कठमाडौं- साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्नुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ चैत ७ गते उक्त निर्णय गरेको थियो। स्वास्थ्य सेवा विभागले सो निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ।
'त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका लागि आगामी आर्थिक वर्षको साउन महिनादेखि मासिक रुपमा प्रतिवेदन पेश गर्न मन्त्रालयको मिति २०७८/१२/७ को सचिवस्तरिय निर्णय भएको हुँदा सोहि बमोजिम गर्न सम्बन्धित निकायमा जानकारी गराई कार्यान्वयनमा सहयोग गरिदिनुहुन अनुरोध छ।' विभागका निर्देशक डा रुद्र प्रसाद मरासिनीद्धारा जारी पत्रमा भनिएको छ।
फाराम महाशाखाबाट उपलब्ध गराईने उनले बताए।
