काठमाडौं- पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो।
जसमध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।