धनगढी–कैलालीमा दौडने क्रममा लडेर ९ प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन्। बुधबार नियमित तालिमअन्तर्गत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराइएको थियो। उनहिरुको सेी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका डा सुमन चौधरीले भने अत्याधिक गर्मीले गर्दा उनीहरु बेहोस भएको बताए। चौधरीका अनुसार शरीरमा तापक्रम बढ्ने र पानीको मात्रा घटेको हुँदा उनीहरु बेहोस भएका हुन्। ‘पानीसमेत नदिई चाहिनेभन्दा बढी कडा परिश्रम गराउँदा बेहोस भएका हुन्,’ डाक्टर चौधरीले भने, ‘लगातार कडा परिश्रम हुनु र बीचबीचमा विश्राम नपाउनुले पनि उनीहरुको यो अवस्था आएको हुनसक्छ।’ अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एउटै प्रकृतिको लक्षण देखिए पनि दुई जनामा मिर्गीको लक्षण देखिएको उनले बताए।
बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामा सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेर र प्रसान्त रावतलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। यस्तै दिनेश सुनारको भने अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।