काठमाडौ- गैरआवासिय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ। पछिल्लो केही दिनयता नेपालको राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपत्कालिन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो। डाक्टरहरु सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखला भएको उल्लेख छ।
संक्रामक व्यक्तिको दिसाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन्। ‘हैजा भिब्रियो कोलेरा प्रजातीको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग संक्रमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट फैलिन्।’
रोग संक्रमणपछि लक्षणका रुपमा पातलो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन्। आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ। यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलविजोजनको लक्षण मानिने उल्लेख छ
रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनुपर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ। शौचालयमा मात्रै दिसा पिसा गर्न, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसाव पछि राम्रोसंग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनु अघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र विलल्टर गरेर मात्रै खान पनि समितिले आम मानिसलाई सुझाएको छ।
होटल तथा रेष्टुराँमा प्रयोग हुने पानीमा संक्रहमण हुन सक्ने भन्दै त्यसको सरसफाइमा विशेष ध्यान दिन पनि समितिले सुझाएको छ। बासी, काँचो, सडेगलेको तथा झिंगा भन्केको खोनकेरा नखान पनि समितिले विशेष अनुरोध गरेको छ।
हैंजा नियन्त्रणका लागि व्यक्तिगत प्रयासका बाबजुत खोप अर्को प्रभावकारी उपाय भएको भन्दै खोपको दुवै मात्रा सुनिश्चितताका लागि पनि चिकित्सकहरुले अनुरोध गरेका छन्।