काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शय्याको अस्पतालको संगठन संरचना मस्यौदा तयार पारेको छ। मन्त्रालयले तयार पारेको संगठन संरचनामा १४५ जनाको दरबन्दी प्रस्ताव गरिएको छ। जसमा ११ औँ तहको मेसु र नवौं तथा दशौं तहका ११ जना चिकित्सक प्रस्ताव गरिएको छ।
यस्तै आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन १ जना, कविराज चिकित्सक १ जना पनि उल्लेख गरिएको छ।
अस्पतालमा पाँचौँ तथा छैटौ तहका स्टाफ नर्स ४० जना, मिडवाईफ्री ४ जना र एचए १० जना प्रस्ताव गरिएको छ। स्वीपर, सुरक्षाकर्मी र सवारी चालक समेत गरी अस्पतालमा १४५ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ।
मन्त्रालयले तयार गरेको मस्यौदामा २४ असार २०७९ भित्र राय सुझाव दिन सरोकारवाला तथा सर्वसाधारणलाई अपिल गरेको छ। सुझाव मन्त्रालयको इमेल आइडी [email protected] मा पठाउन सकिने बताइएको छ।
यस्तो छ मन्त्रालयको प्रस्तावित नयाँ संगठन संरचना