काठमाडौं- औषधि व्यवस्था विभागले भारतिय कम्पनी जी ल्याबरोटरीबाट उत्पादित बायोडी ड्रप (भिटामिन डी-३) प्रयोगमा प्रतिबन्ध लगाएको छ।
उक्त औषधि सेवनबाट विभिन्न नकारात्मक असर देखिएको भन्दै विभागले उक्त औषधिलाई खाद्यसमपुरक औषधिका रुपमा प्रयोग नगर्न आग्रह गरेको छ।
उक्त औषधि विभागमा समेत दर्ता नभएको विभागले जनाएको छ। विभागबाट अनुमति नभएका वस्तु औषधिका रुपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षितता र प्रभावकारिता बारेमा समेत यकिन नहुने भएकोले त्यस्ता वस्तुहरुको पैठारी तथा बिकि वितरण नगर्न नगराउन र औषधिको रुपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ।
फार्मास्यूटिकल्स औषधिहरु खाघसमपूरक सामाग्रीहरुको रुपमा अत्यधिक मात्रामा पैठारी गरी संचय, विक्रि बितरण र प्रयोग भईरहेको भन्दै विभागले औषधि ऐन, २०३५ को औषधिको परिभाषा अन्तर्गत कुनै पनि औषधिय तत्व समावेश भएका औषधिय बनावटका सबै बस्तुहरु औषधि अन्तर्गत पर्ने र यस्ता वस्तुहरुको उत्पादन, आयात तथा विक्रि बितरण औषधि ऐन अनुसार हुनुपर्ने जनाएको छ।
हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका बस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने खालका रहेको समेत विभागले जनाएको छ।
विभागको सूचना
