काठमाडौँ- डा बद्री चापागाईँले भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाएका छन्। स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा चापागाईँलाई नेपालगञ्जस्थित भेरी अस्पतालको मेसुको जिम्मेवारी दिएका हुन्।
भेरी अस्पतालमा प्रमुख कन्सल्टयान्ट चर्म रोग विशेषज्ञ डा चापागाईंलाई मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रोतले जानकारी दिएको छ।