काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले बुधबार, बिहीबार र शुक्रबार लिएको परीक्षाको नतिजा आज सार्वजनि भएको हो।
परीक्षामा मास्टर, ब्याचलर र प्रमाणपत्र तीन तहका गरी २ हजार ९ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा १ हजार ७ सय ७३ जनाले परीक्षा दिएकोमा ६ सय ७६ जना पास भएको परिषदले जनाएको छ।
त्यस्तै ब्याचलर तहमा ९ सय ७२ जनामा ३७१ जना र मास्टर तहमा १९२ जनाले परीक्षा दिएकोमा ११७ जना उत्तीर्ण भएका छन्।
फारम भरेकामध्ये ८८ विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए।
परिषदले गत पुसमा लिएको दोस्रो लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत उत्तीर्ण भएका थिए। गत परीक्षा भन्दा यसपटक करीब १७ प्रतिशत कम उत्तीर्ण भएका छन्।