काठमाडौं - पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६७ हजार ६५६ पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।