काठमाडौं- नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत उत्तीर्ण भएका छन्।
परिषद्का अनुसार आजको परीक्षामा नर्सिङ तर्फ ५ हजार ३९६ जना सहभागी भएका थिए। जसमध्ये ४ हजार २३४ जना ( ७८.४६ प्रतिशत) उत्तीर्ण भएका छन्। मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।
नतिजा हेर्न यहाँ क्लिक गरौं (RESULT)