काठमाडौं- स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा दिलबहादुर केसीको निधन भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पूर्व स्वास्थ्य निर्देशक डा केसीको शुक्रबार निधन भएको हो।
नेपाल चिकित्सक संघका सदस्यसमेत रहेका केसीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
अध्यक्ष लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा केसीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुऱ्याएको अतुलनीय योगदान सर्वदा स्मरणयोग्य रहने उल्लेख छ।