काठमाडौं- नेपालमा ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोभिड१९ पुष्टि भएको छ। १७०० नमूनाको पीसीआर र १३४५ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १०४ र र १७ गरी १२१ जनामा संक्रमण पुष्टि भएको हो।
कुल ३ हजार ४५ नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअवधिमा ३१ जना संक्रमणमुक्त भएका छन्।
पीसीआर विधिबाट संक्रमित भएकाहरुको संख्या हेर्दा संक्रमण दर ६.१२ प्रतिशत पुगेको छ। केही दिनअघिसम्म एक प्रतिशत भन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा निरन्तर उकालो लागेको छ।
हाल सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ।