काभ्रे- काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। जिल्लामा साढे चार महिनापछि संक्रमणको लहर देखिएको कार्यालयले जनाएको हो।
'काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ' कार्यालय प्रमुख डापुरुषोत्तम सेढाइँले भने।
उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ। पाँच संक्रमितको अवस्था सामान्य नै रहेको जनाइएको छ।
जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो। गत फागुन मध्यमा तेस्रो लहरको यसको संक्रमण दर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ। रासस