सुर्खेत- कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ ल्याइएएको छ। मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए। मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए। रासस