काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधिको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन्।
बुधबार प्रतिनिधीसभामा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिदैं मन्त्री खापुङले उक्त जानकारी दिएका हुन। ‘औषधिको मूल्यमा आएको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने कुरा म यहाँ राख्न चाहन्छु,’ उनले भने, ‘औषधि कुन कम्पनीको हो उपभोक्ताले रोज्न पाउनुपर्छ भन्ने कुरा प्राविधिक कुरा भएकाले मन्त्रालयमा छलफल गर्ने कुरा अनुरोध गर्न चाहन्छु।’
औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सांसद दिव्यमणि राजभण्डारी र सांसद गिरिराजमणि पोखरेलले संशोधन फिर्ता लिएका थिए भने प्रेम सुवालले दर्ता गरेको संशोधन प्रस्ताव भने फिर्ता लिएनन्। सुवालको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।