गण्डकी- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन्।
उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिए। निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए।
मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए। रासस