कठमाडौं- प्रजातन्त्रवादी चिकित्सक संघले संघीय संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन पारित हुनु स्वागतयोग्य रहेको जनाएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ती कोसेढुगा सावित उक्त ऐनको भावना र मर्म बमोजिम आवश्यक नियमावली तर्जुमा गरी स्वास्थ्य सेवा प्रवाहमा अवरोध हट्ने वातावरणमा निर्माण गर्न समेत संघले माग गरेको छ।
'नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ती कोसेढुगा सावित उक्त ऐनको भावना र मर्म बमोजिम आवश्यक नियमावली तर्जुमा गरेर स्वास्थ्य सेवा प्रवाहलाई बिना कुनै अवरोध शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न समेत यस संघ नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछ,' अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव डा संयुक्त आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त ऐन ल्याउनका लागि विशेष भूमिका निर्वाह गर्ने नेपाल चिकित्सक संघ, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लगायत संघीय संसदका माननीयहरुप्रति यस संघ हार्दिक आभार व्यक्त गर्दछ।'