काठमाडौं - फूलकुमारी महतो मेमोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नति गरी आँखाको शल्यक्रिया सेवा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
फूलकुमारी महतो मेमोरिल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानबीच शुक्रबार उक्त सम्झौता भएको हो। ममोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नति गरी आँखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम सञ्चालन गर्ने सम्झौता पत्रमा उल्लेख छ।
फूलकुमारी महतो ममोरिलय अस्पतालको तर्फबाट अध्यक्ष डा उपेन्द्र महतो र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा सन्दुक रुइतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।