काठमाडौं- नेपाल विद्यार्थी संघ रत्नराज्यलक्ष्मी क्याम्पस इकाइले क्याम्पसमा दुई बेड क्षमताको विद्यार्थी स्वास्थ्य सेवा कक्ष सञ्चालन गर्न माग गरेको छ।
संघले क्याम्पसमा विद्यार्थीहरुले तिरेको स्वास्थ्य शुल्कको कुनै पनि सुविधा प्राप्त नभएको गुनासो आएको भन्दै तत्कालै स्वास्थ्य कक्ष सञ्चालन गर्न माग गरेको हो।
संघले स्वास्थ्य सेवा कक्षमा आधारभूत स्वास्थ्यका सामग्रीहरु र औषधि उपलब्ध हुनु पर्ने, हेल्थ असिस्टेन्ट पोस्टका कर्मचारीलाई स्वास्थ्य सेवा कक्षमा खटाउनु पर्ने माग पनि गरेको छ।
