काठमाडौं - पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३४१ पीसीआर र २ हजार ३१० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ। उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ। देशभर हाल १ हजार ७७६ जना सक्रिय संक्रमित छन्।