काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको मंगलबार बिहान १० बजे निधन भएको हो।
डा रौनियार मिर्गौला रोगबाट ग्रसित थिए।
डा रौनियारको बुधबार बिहान दुहबीस्थित बुढीखोलामा अन्त्यष्टि गरिने बताइएको छ।
प्रतिष्ठानको उपकुलपति रहँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा समेत हालेको थियो। गत महिना मात्र उनले सफाई पाएका थिए।