काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि अस्पतालले बुधबार आवेदन आह्वान गरेको हो।
प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्ययक एक जना एमडीका लागि आवेदन आह्वान भएको बुधबार प्रकाशित सूचनामा उल्लेख छ।
योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ।
त्रिवि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नम्बर ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत दुई हजार रूपैयाँ जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नुपर्ने भनिएको छ।
एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि फारमसाथ संलग्न गर्नुपर्नेछ।
यस्तै, विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्नेछ। पासपोर्ट साइजको फोटो २ प्रति पनि आवेदन फारम चाहिनेछ।
