काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववीयू)ले सरकारी र सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नि:शुल्क ओपिडी र अन्य सेवामा ५० प्रतिशत छुटको माग गरेको छ।
अनेरास्ववीयूले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसी समक्ष उक्त मागसहितको ज्ञपान पत्र बुझाएको छ।
अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाइएको हो।
‘स्वास्थ्य उपचारवाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नवनोस र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस्,’ पत्रमा भनिएको छ।
नेरास्ववीयूले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेको छ।
हेरौं पत्र