काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयमा विदेशी विद्यार्थीका लागि छुट्याइएका कोटामध्ये अधिकांश कोटामा विद्यार्थी भर्ना नहुँदा सिट खाली भएको छ।
आयोगले एमबीबीएस, बीडीएस, नर्सिङ, आयर्वेद, पब्लिक हेल्थ लगायतका विषयमा कलेज अनुसार विदेशी विद्यार्थीका लागि सिट छुट्याएको थियो। तर अधिकांश कलेजमा धेरै सिट खाली हुन पुगेको छ। विदेशी विद्यार्थीका लागि छुट्याइएको कोटामा विद्यार्थी भर्ना नभएपछि आयोगले ती कोटामा नेपाली विद्यार्थी भर्ना गर्न आह्वान गरेको छ।
आयोगले गत असार २२ गते नै सूचना जारी गर्दै विदेशी विद्यार्थीको रिक्त कोटामा नेपालीलाई सशुल्क भर्नाका लागि आह्वान गरेको हो।
विदेशी विद्यार्थीका लागि आयोगले २ हजार २ सयभन्दा बढी सिट छुट्याएको थियो। जसमध्ये एमबीबीएसमा मात्र पाँच सय ५७ कोटा निर्धारण गरिएको थियो। एमबीबीएसमा छुट्याइएको कोटामध्ये दुई सय ३६ मात्रै भर्ना भएका छन्। यसैगरी अन्य धेरै विषयमा पनि सिट खाली छन्।
कुन विषयमा कुन कलेजमा कति सिट खाली