काठमाडौं– भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी मागेको छ। रिक्त पदपूर्तिका लागि केन्द्रले बिहीबार दरखास्त आह्वान गरेको हो।
केन्द्रले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको हो। योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।
केन्द्रले पाचौँदेखि आठौं तहसम्मका कर्मचारी माग गरेको छ। पाँचौं तहका ११, आठौं तहका आठ र हेल्थ केयर म्यानेजमेन्ट अधिकृत एक जनाका लागि दरखास्त आह्वान गरिएको छ।
