काठमाडौं- नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एशोसियसनका प्रतिनिधीहरुले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार भेटी तीन बुँदे मागपत्र पेश गरेका छन्।
एशोसियसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटी मागपत्र पेश गरेका हुन्।
संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थहरुको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।
डेन्टलमा प्रयोग हुने औषधिजन्य वस्तुहरूको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिए।