काठमाडौं - पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार १६८ पीसीआर र १ हजार ६७० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ८४१ जना सक्रिय संक्रमित छन्।