काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आज (शनिबार) 'विशेष परीक्षा' सञ्चालन गर्दै छ।
काउन्सिलले आज ४५ वटा विषयका लागि दुई चरणमा परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा ७ विषयका लागि बिहान १० बजेदेखि परीक्षा सुरु हुँदै छ। यस्तै, दोस्रो चरणमा ३८ विषयका लागि दिउँसो २ बजेदेखि परीक्षा सुरु हुने काउन्सिलले जनाएको छ।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुनेछ।