काठमाडौं - रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन) को अध्यक्षमा भक्त बहादुर हमाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।
शनिबार भएको १६ औँ वार्षिक साधारण सभाले केमसनको अध्यक्षमा हमाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।हमाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् भने यसअघि सन् २०१५ मा केमसनको नेतृत्व समेत लिइसकेका छन्। १६ औँ वार्षिक साधारण सभामा भएको अधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक धिरज थपलियाले जानकारी दिए।
केमसनको प्रथम उपाध्यक्षमा उमेश प्रसाद लामिछाने, महासचिवमा विनोद कुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा निर्वाचित भएका छन्।
सदस्यहरुमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खडानन्द पाण्डे चयन भएको केमसनले जनाएको छ। यो कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ। द्धितिय उपाध्यक्षष् तथा दुई जना कार्यसमिति सदस्य नवगठित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था समेत संघको विधानले गरेको छ।
२०६१ सालदेखि सक्रिय रहेको केमसनको देशभर गरी हालसम्म आठ वटा शाखा विस्तार भइसकेको र पाँच सयभन्दा बढी सदस्यता संख्या पुगिसकेको छ।