काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले आधारभूत अस्पतालको सङ्गठन संरचनामा आठौँ तहका आयुर्वेद चिकित्सकहरू नसमेटिएकोमा आपत्ति जनाएको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ, राज्यमन्त्री हिराचन्द्र केसी र सचिव डा रोशन पोखरेललाई ध्यानाकर्षण गराएका छन्।
ध्यानाकर्षणपत्र बुझ्दै सचिव डा रोशन पोखरेलले १५ शय्याको आधारभूत अस्पतालमा आयुर्वेद चिकित्सक (अधिकृत आठौँ) तहको दरबन्दी राख्ने आश्वासन दिएका छन्।
दवाव अभियानमा सरकारी आयुर्वेद चिकित्सक संघ पनि साथ दिएको छ।