काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्था आईओएमको नेपाल जनस्वास्थ्य विद्यार्थी संघ ३३औं कार्यसमितिमा अध्यक्ष प्रकाश अधिकारी र मआसचिवमा पारस पङ्गेनी बिजयी भएका छन्।
कार्यसमितिमा ११ सदस्यिय व्यवस्था रहेको छ। त्यसमध्ये प्रमुख ५ वटा पदहरु अध्यक्ष , उपाध्यक्ष , महासचिव , सचीव र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरु चयन भएका छन। उपाध्यक्ष पदमा बि पि एच तेस्रो वर्षकी खुस्बु यादव, कोषाध्यक्षमा बिपिएच पहिलो वर्षकी सदिच्छा ढुङ्गेल र सचिवमा बिपिएच पहिलो वर्षकै आशिष राना निर्वाचित भएका छन्।
मतदानमा डिपार्टमेन्ट अफ पब्लिक हेल्थमा अध्य्यनरत स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीहरु सहभागी थिए।
संयुक्त एजेण्डा लिएर चुनावमा होमिनुभएका अध्यक्ष अधिकारी र महासचिव पङ्गेनीले आफुहरु विद्यार्थीको क्षमता अभिवृद्धि , जनस्वास्थ्य व्यवसायी र विध्यार्थी बिचको सम्बन्ध, क्याम्पस र विध्यार्थी विचको सम्बन्ध सुधार लगायतका मुद्दाहरूलाई लिएर अघि बढ्ने प्रतिवद्धता जनाए।
विद्यार्थीहरुको हकहितमा साझा आवाज उठाउन सन् १९८८ मा स्थापना भएको जनस्वास्थ्य विद्यार्थीहरुको छाता सङगठन केन्द्रिय जनस्वास्थ्य विभाग अन्तर्गत प्रत्यक वर्ष नयाँ कार्यसमिति बनाउदै आएको छ।