काठमाडौं- महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढेका छन्। पछिल्लो केही दिन यता दैनिक रूपमा ज्वरोका बिरामी बढिरहेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बताए।
‘केही दिन यता ज्वरो आउने, आँखा पाक्ने, घाँटी दुख्ने र शरीर दुख्ने समस्या भएका बच्चाहरू बढिरहेका छन्। कम्तीमा दिनमा ५०-६० जनाको हाराहारीमा यस्ता समस्या भएका बिरामीहरू ओपिडीमा आइरहेका छन्’ बसौलाले भने।
त्यस्ता बिरामीहरूमा एडिनो भाइरस हो कि भन्ने शङ्का गरेर केही स्याम्पलहरू परीक्षणको लागि टेकु पठाएको समेत उनले बताएका छन्।
कान्ति बाल अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ६० प्रतिशत ज्वरोका बिरामी आउने गरेका उनले बताए।