काठमाडौं - भक्तपुरमा सल्लाको रुख ढल्दा एमबीबीएसको तयारी गरिरहेका एक जनाको मृत्यु भएको छ। आइतबार भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडी सल्लाको रुख ढल्दा बस र स्कुटरमा सवार तीन जनाको मृत्यु भएको थियो। जसमध्ये एक जना एमबीबीएसको तयारी गरिरहेका युवा रहेको प्रहरीले जनाएको छ।
भाइब्रेन्ट एमबीबीएस इन्ट्रान्स प्रिपेरेशनमा एमबीबीएसको कक्षा लिइरहेका विशेष खरौजाको मृत्यु भएको हो। उनको घटनास्थलमा आइडी कार्ड समेत भेटिएको छ। घटना सम्बन्धी थप छानबीन भइरहेको प्रहरीले जनाएको छ।
बा २ ख ३५८४ नम्बरको बसरमा सवार दुई जना र बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। घाइतेहरुको इमामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।