काठमाडौं- नेपाल डेन्टल एशोसिएसन मोरङ्को आयोजनामा कोभिड १९ पछिको पहिलो डेन्टल एजुकेशन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर डा अभिषेक कर्णले दैनिकी डेन्टल प्राक्टीसमा अपनाउनु पर्ने मेडिकल एथेन्सको विषयमा जानकारी दिएका थिए।
त्यस बाहेक मोरङका ५० जना डेन्टिस्टहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डेन्टल उपचारसँँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।
साथै यस प्रकारका कार्यक्रमहरुले नयाँ डेन्टिस्टहरुलाई ज्ञान आर्जनको साथै अग्रजहरूसँगको छलफलले लाभ हुने र आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नेपाल डेन्टल एशोसिएसन मोरङ्की महासचिव डा मीरा आचार्यले जानकारी दिइन्।