काठमाडौं- ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम(सिसिएम)को अध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल निर्वाचित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या सचिव डा पोखरेल सिसिएमको अध्यक्षमा निर्वाचित भएका हुन्।
सिसिएमको उपाध्यक्षमा दिक्षा रिमाल निर्वाचित भएकी छन्। उनी चितवनबाट एचआइभी संक्रमितको तर्फबाट प्रतिनिधित्व गर्छिन्। त्यस्तै उपाध्यक्षमा संजय शर्माले पनि उम्मेदवारी दिएका थिए।
रिमालले १२ मत ल्याइन भने ५ मत शर्माले ल्याएका थिए। १७ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष र उपाध्यक्षबाहेक सबैको निर्वाचन यस अगाडि नै सकिएको थियो।
क्षेत्रबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पोखरेल नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै नागरिक समाजको तर्फबाट सीसीएम नेपालको उपाध्यक्षमा रिमाल निर्वाचित भएकी हुन्।