काठमाडौं- कैलालीको धनगढीमा अवस्थित स्वस्तिक कार्डियो अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। उक्त अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले कार्डियोलोजिष्ट, एनेस्थियालोजिष्ट, फार्मेसिस्ट, न्युरोलोजिष्ट, दन्तचिकित्सक, पुलमोनोलोजिष्ट, नेफ्रोलोजिष्ट, प्लास्टिक सर्जन, युरोलोजिष्ट, ल्याव टेक्निशियन र हेमोटोलोजिष्ट लगायतका अन्य चिकित्सक माग गरेको हो।
