काठमाडौं - कोरोना संक्रमणका कारण गएको नौ दिनमा पाँच जनाको मृत्यु भएको छ। साउन १ गतेदेखि हालसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो।
गत २४ घण्टामा पनि एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि आइतबार दुई जना संक्रमितको मृत्यु भएको थियो। असार १ र २ गते १/१ जनाको मृत्यु भएको थियो। त्यसपछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो।
नेपालमा चार महिनापछि साउन १ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। यसअघि फागुन २७ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।