काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद सदस्यमा डा रमेश भट्टराईलाई मनोनित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले सोमबार डा भट्टराईलाई परिषद् सदस्यमा मनोनित गरेका हुन्।
प्रतिष्ठानका डीन डा भट्टराईलाई ३ वर्षको पदावधि रहने गरी मनोनित गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। डा भट्टराईलाई प्रतिष्ठान ऐन २०६८ को दफा ११ को उपदफा २ बमोजिम सदस्यमा मनोनित गरिएको हो।