काठमाडौं- सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित भएका छन्।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उपकुलपति डा लामिछानेलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुमध्येबाट मनोनित गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको प्रस्तावमा मनोनत लामिछानेको पदावधि तीनवर्षको हुनेछ।
यस्तै सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा दुई जना सदस्य मनोनित गरेको छ। सरकरले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा नविनचन्द्र गौतमलाई सदस्यमा मनोनित गरेको हो।