काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन्। औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेपछि डा चौरासीयासँग राज्यमन्त्री केसीले स्पष्टीकरण सोधेका हुन्।
केसीले स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा चौरासीयालाई अनियमितता प्रकरणबारे जवाफ मागेका थिए। सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशनसमेत दिए। स्वास्थ्य राज्यमन्त्री केसीले भने, ’यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरीए कानून बमोजिम कारबाही गर्छौ। ’
स्वास्थ्य राज्य मन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनम सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो? वास्तविकता के हो? भनेर जवाफ माग गरेका थिए। आपूर्ति शाखा प्रमुख डा चौरासीयाले भने आफूले गल्ति नगरेको जवाफ फर्काएका थिए।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा चौरासियालाई आज (मंगलबार) राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको थियो।
१० अर्बको औषधि उपकरणहरु खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।
स्वास्थ्य राज्यमन्त्री केसीले यो विषयम थप छानबिन हुने र दाृषी भेटिए कारबाही हुने बताए। ’यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरीए कानुन बमोजिम कारबाही गर्छौ।' स्वास्थ्य राज्यमन्त्री केसीले भने।