काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि गिरिलाई आज ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ।
घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बईका अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। गिरि हालै नेपाल आएका थिए।
गिरि गत वर्ष साउन अन्तिममा उपचारका लागि भारत गएका थिए। मुम्बईको हिन्दुजा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।