काठमाडौं- अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ।
कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरुको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माण सर्जरी मा थियो। चुरोट र रक्सीको प्रयोग गर्नेहरुमा यी क्यान्सरहरू बढी देखिन्छ।
मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरुले आफ्नो अनुभव आदान—प्रदान गरेका थिए। फ्रिफ्ल्याप रिकन्स्ट्रक्सन र हेड एन्ड नेक ब्रेकीथेरापी प्रविधि जस्ता नयाँ प्रविधिहरू विशेषज्ञहरूद्वारा छलफल गरिएको थियो।
जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ। काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेयरनेस नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।