काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी १०० दिनभित्रमा स्वास्थ्य भवनतर्फत प्रमुख २ वटा काम गर्ने घोषणा गरेका छन्।
मन्त्री चौधरीले आफ्नो एक महिनाको प्रगति र आगामी १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य भवन तर्फ मुख्य दुईवटा काम गर्ने कार्ययोजना बनाएका छन्।
मन्त्री चौधरीले थप ३ वटा ३०० शय्याको केन्द्रीय सरुवा रोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र तेह्रथुम जिल्ला अस्पतालको भवन निर्माणका लागि आगामी १०० दिन निभत्रमा बोलपत्र अव्हान हुने र थप तीनवटा स्वास्थ्य संस्थाहरु निर्माण सम्पन्न भई हस्तान्तरण हुने कार्ययोजना बनाएका छन्।
यस्तै प्रदेश एकको राजधानी विराटनगरमा ५०० शय्याको कोशी अस्पाल भवन निर्माण गर्न बोलपत्र आव्हान भएको र आगामी २ महिनामा मूल्यांकन प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता सहित कार्यदेश दिने योजना बनाएका छन्।
मन्त्री चौधारीले एक महिनामा गरेको प्रगतीमा स्वास्थ्य भवनतर्फ असार महिनामा ९ वटा स्वास्थ्य संस्थाहरुको निर्माण सम्पन्न भएको र ५०० शय्याको कोशी अस्पताल र रुकुम चौरजहारी नगरपालिकामा १०० शय्याको अस्पताल निर्माण गर्न असारमा बोलपत्र आव्हान भएको उल्लेख गरेका छन्।