काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ।
शनिबार परीक्षण गर्दा कोइरालामा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।