काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू पर्यत्नशिल रहेको बताएका छन्। काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।
राज्यमन्त्री केसीले भने, ‘स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्र सुधार गरेर अनुभुती दिने खालको काम गर्न कम्तिमा दुइ वर्ष लाग्छ। जति दिन वस्छौ आफ्नो प्रयास जारी राख्छौं। तपाईहरुले योजना बनाउनुस। त्यसलाई कार्यान्वयन गर्न लाग्छौं।’
उनले अहिलेपनि गाउँगाउँमा सहज र सर्वशुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागि रहेको बताए।