काठमाडौं- नेपाली कांग्रेसका चार जना नेतालाई कोरोना संक्रमण भएको छ। नेता शेखर कोइरालासहित नेताहरूलाई कोरोना संक्रमण भएको हो।
सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्य उदयशम्शेर राणालाई कोरोना संक्रमण भएको छ। कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता कोइरालाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताए।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता कोइरालाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताए। अरु नेताहरु घरमै रहेका छन्।