काठमाडौं- स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभईरहेका समस्सयाहरुको सामाधान गर्ने उदेश्यले २ दिने ह्याकथन कार्यक्रम सम्मपन्न भएको छ। उपत्यकाका विभिन्न दश कलेजमा कम्प्युटर ईन्जीनियरिङ्ग अध्ययरत विध्यार्थीहरु सम्मिलीत उक्त कार्यक्रममा शिशु केयर नामक मोबाईल एपले प्रथम स्थान ओगटेको जानारी दिइयो।
ग्रामिण स्वास्थ्य स्वयमसेबीकाहरुलाई नवजात शिशुमा देखीने स्वास्थ्य समस्याहरुलाई कसरी मोबाईलको साहायताले डाक्टरहरुसँग सम्पर्क गराउने भन्ने विषयमा एप्लीकेशनको प्रोटोटाईप निर्माण गरी प्रदर्शन गरीएको थियो।
गत शुक्रबार र शनिबार ललितपुरस्थित ईन्ट्रान्स क्याफेमा सञ्चालित उक्त कार्यक्रममा दोस्रो हुने टोलीले ठूला अस्पतालहरुमा सेवा लिँदा भोग्नु परेको समस्यालाई केन्द्रीत गरी हस्पीटल न्याभिगेसन सिस्टमको मोबाईल एप्लीकेसन प्रदर्शन गरीएका थिए।
सूचना प्रविधी तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरीरहेका विज्ञहरुद्वारा मेन्टरीङ्ग गरिएको उक्त ह्याकथनमा तेस्रो हुने टिमले स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारसँग सम्बन्धित विभिन्न विषयहरुमा छलफल गर्नको लागि एउटा मोबाईल तथा वेब एप्लीकेशनको प्रोटोटाईप तयार गरेको थियो ।