काठमाडौं- पछिल्लो २४ घण्टामा ६२० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ६९१ पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २९७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७ हजार ९२ पुगेको छ। उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर हाल ४५६७ जना सक्रिय संक्रमित छन्।